कास्की जिल्लाको पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले आफ्नाे एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
गण्डकी मेडिकल कलेज परिसरमा बुधबार मेडिकल कलेजका प्राध्यापक डा. रबिन्द्र श्रेष्ठ एक समारोहकाबीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए।
गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ।
उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन्।
यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ।
प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया