ad ad

समाज


दुर्घटनामा तीन जनाको मृत्यु, अन्य तीन घाइते

दुर्घटनामा तीन जनाको मृत्यु, अन्य तीन घाइते

नेपालखबर
असोज २०, २०७७ मंगलबार १५:४९,

धादिङमा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

नेत्रावती डब्जोङ गाउँपालिका­५ स्थित बेतिनीमा लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ­४ का ४० वर्षीय बेगबहादु तामाङ र ५८ वर्षीय दलबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

ट्रक सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक तामाङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यसैगरी धादिङको गल्छी गाउँपालिका­८ स्थित गोगनपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

कच्ची सडकबाट बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको हो।

मोटरसाइकल चालक भने घाइते भएका छन् । दुबै दुर्घटनामा घाइते हुनेहरुको ट्रमा सेन्टर, काठमाडौंमा उपचार भइरहेको छ। रासस
–––

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .