समाज


दसैं अर्काे वर्ष पनि आउँछ, यस वर्षचाहिँ जहाँ छौं त्यहीं बसेर मनाऔं : स्वास्थ्य मन्त्रालय

दसैं अर्काे वर्ष पनि आउँछ, यस वर्षचाहिँ जहाँ छौं त्यहीं बसेर मनाऔं : स्वास्थ्य मन्त्रालय

नेपालखबर
असोज १९, २०७७ सोमबार १:५२,

सरकारले यसपालिको दसैं कतै आवतजावत नगरी जहाँ छौं त्यहीं बसेर मनाउन आम नागरिकलाई आग्रह गरेको छ।

कोरोना संक्रमण हुने जोखिम उच्च रहेकाले सुरक्षाका लागि कतै नगई हाल बसिरहेकै स्थानमा चाड मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको हो।

नियमित कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भने, ‘दसैं अर्काेपटक पनि आउँछ, यसपटकको दसैंचाहिँ हामी जहाँ छौं त्यहीं बसेर मनाऔं।’

यस्तै उनले अति आवश्यक नपरीकन घरबाट बाहिर ननिस्कन तथा निस्कनै परे जनस्वास्थ्य मापदण्ड (सावधानी) पालना गर्न पनि आग्रह गरे।

तलको भिडिओमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसपालिको दसैं जहाँ छौं त्यहीं बसेर मनाउन आग्रह गरेका छन्।

यस्ताे आग्रह भिडिओमा १३:५५ मिनेटतिर गएपछि सुन्न सकिन्छ। साथै कोरोनाबाट बच्न जान्नैपर्ने अन्य महत्वपूर्ण सन्देश पनि भिडिओमा छन्। सुन्नुहाेस्-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad