समाज


रत्नपार्कबाट बस चढाएर लगिएकी किशोरीमाथि भक्तपुरमा सामूहिक बलात्कार, चालक र सहचालक पक्राउ

रत्नपार्कबाट बस चढाएर लगिएकी किशोरीमाथि भक्तपुरमा सामूहिक बलात्कार, चालक र सहचालक पक्राउ

नेपालखबर
असोज १८, २०७७ आइतबार १४:४६,

भक्तपुरमा एक किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार भएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० का २२ वर्षीय निरकुमार खड्का र सिन्धुपाल्चोककै जुगल गाउँपालिका-४ का २१ वर्षीय सूर्य श्रेष्ठ छन्। खड्का बा ३ ख २६१२ नम्बरको बस चालक र श्रेष्ठ सहचालक हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी केशवकुमार थेवेका अनुसार गएको शुक्रबार बिहान रत्नपार्कमा लठ्याउने औषधि खुवाई ती किशोरीलाई उनीहरुले बस चढाएर भक्तपुर पुर्याएका थिए।

उनीहरुले चाँगुनारायण नगरपालिका-८ लिवालीस्थित तवियाखुशी खोलाको किनारमा बासभित्रै राखेर किशोरीलाई सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ। शुक्रबार साँझदेखि उनीहरुले शनिबारसम्म किशोरीलाई बसभित्रै राखेर सामूहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका खड्का र श्रेष्ठलाई आइतबार जिल्ला अदालत भक्तपुरबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा सात दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .