कालीगण्डकी नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्।
आइतबार दिउँसो पौने ४ बजे पाल्पाको रामपुर नगरपालिका ५ बेझाडकी ३७ वर्षीया शर्मिला तिवारी हामफालेको प्रहरीले जनाएको छ। नदीमा हामफलेकी महिला बेपत्ता छिन्।
पाल्पा रामपुर नगरपालिका ६ तिलपुरस्थित रामपुर र स्याङ्जाको चापकोट सिमानामा रहेको पक्की पुलबाट ती महिला कालिगण्डकीमा हामफालेको बताइएको छ।
खोजतलासका लागि इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ।
3
Shares

प्रतिक्रिया