कारोबार


एनआईसी एसिया बैंक र भीजी अटोमोबाइलबीच दुई पांग्रे खरिदमा १५ हजार नगद छुट दिने सम्झौता

एनआईसी एसिया बैंक र भीजी अटोमोबाइलबीच दुई पांग्रे खरिदमा १५ हजार नगद छुट दिने सम्झौता

नेपालखबर
असोज १८, २०७७ आइतबार ११:२८,

एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट र फिर्ता दिने सहमति भएको छ।

बैंक र उक्त अटो कम्पनीबीच १२ हजार नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारी भएको हो।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भीजीको तर्फबाट उपमहाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेका हुन्। बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले उक्त कम्पनीका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरे १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ। यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ।

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउदै आएकोमा भीजीसँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ। यस बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ। यसमार्फत उनीहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन्।

बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वाञ्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ।

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad