नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २५३ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १ हजार ५९९ सहित देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
आइतबार पनि सबैभन्दा बढी काठमाडौँमा १३ सय ७३ जनाका संक्रमण पुष्टि भएको हो। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा ललितपुरमा १८७, मोरङ ८१, कैलाली ५५, रुपन्देही ५२, चितवन ५२ र बाँके ५० रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?



3
Shares

प्रतिक्रिया