समाज


बेलायतमा एकैदिनमा १२ हजार कोरोना संक्रमित थपिएपछि बढ्यो त्रास

बेलायतमा एकैदिनमा १२ हजार कोरोना संक्रमित थपिएपछि बढ्यो त्रास

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:२१,

लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन्।

तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ।

यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ। यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ।

केही समययतादेखि देखिएका यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ।

लन्डनमा कोभिड १९ को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो। तर पनि गएका केही हप्तादेखि यहाँ ठूलो संख्यामा संक्रमितहरु देखिएका छन्।

बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ। त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad