समाज


६० लाख रुपैयाँमा बेच्न ल्याएको पाटे बाघको छालासहित चार जना पक्राउ

६० लाख रुपैयाँमा बेच्न ल्याएको पाटे बाघको छालासहित चार जना पक्राउ

नेपालखबर
असोज १८, २०७७ आइतबार १०:२४,

काठमाडौंको स्वयम्भू क्षेत्रबाट प्रहरीले पाटे बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।

स्वयम्भूस्थित होटल प्लाजाको कोठा नं. २०८ मा अन्दाजी ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित पाटे बाघको छाला प्रहरीले बरामद गरेको हो। सो छाला नगद साठी लाखमा बिक्री गर्न ल्याइएको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाबाट खटिगएको बिशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धादिङको गल्छी घर भइ काठमाडौंको गोलढुंगा बस्ने ४३ वर्षीय ज्यामी काम गर्ने टेक बहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय दुनोट व्यापारी सुजन थिङ, २७ वर्षीय आशिष तामाङ र २४ वर्षीय सानुकान्छा थिङ रहेका छन्।

पाटेबाघको छाला धादिङका एक स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाखमा खरिद गरी ल्याएको र ६० लाखमा बिक्री गरी बाँडेर खाने र दशैं मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad