आर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो। यसअघि आर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो।
उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो। त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो।
आर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो।
‘शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुइ गरी हामीले शत्रुका तीन जेट विमान खसालिदिएका छौँ’ रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा लेखेका छन्।
उनले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका ती विमानहरु खसालिएको जनाएका छन्। सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै थियो। रासस/एएनआई

प्रतिक्रिया