समाज


भारतमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या एक लाख भन्दा बढी पुग्यो

भारतमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या एक लाख भन्दा बढी पुग्यो

नेपालखबर
असोज १७, २०७७ शनिबार १०:१३,

पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ।

एकैदिनमा सङ्क्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ। केही दिन अघिसम्म दैनिक झण्डै एक लाख मानिस सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७९ हजार ४७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ।

कुल सङ्क्रमित मध्ये ५४ लाख २७ हजार ७०७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

भारतमा सवैभन्दा धेरै सङ्क्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्रप्रदेशमा धेरै सङ्क्रमितहरु रहेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad