राजनीति


नेकपाले प्रदेश ५ राजधानी देउखुरी सार्ने प्रस्तावको पक्षमा मतदान गर्ने, केही सांसदको असन्तुष्टि

नेकपाले प्रदेश ५ राजधानी देउखुरी सार्ने प्रस्तावको पक्षमा मतदान गर्ने, केही सांसदको असन्तुष्टि

नेपालखबर
असोज १७, २०७७ शनिबार १०:३१,

केही सांसदहरुको असन्तुष्टिका बावजुद प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ।

शनिबार बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म मुख्यमन्त्री निवासमा बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले प्रदेशको राजधानी देउखुरीमा राख्ने पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

प्रधानमनत्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहपछि शुक्रबार प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती किनार क्षेत्र देउखुरीमा राख्ने प्रस्ताव पारित गरेको थियो। प्रदेशको नाममा सबैको समर्थन रहे पनि राजधानीका विषयमा सत्तारुढ दलभित्रै विरोध हुँदै आएको थियो।

शनिबारको बैठकमा नेकपाका केही सांसदले प्रदेशको राजधानी रुपन्देहीबाट सार्न नहुने बताएका छन्। बैठकमा रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासीका केही सांसदहरुले प्रदेशको राजधानी सार्न नहुने पक्षमा मत राखेका थिए।

रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउदै आफ्ना भनाइ राखेको एक सांसदले जानकारी दिए। कपिलवस्तुका संसदहरुले प्रदेश राजधानी कपिलबस्तलाई बनाउनुपर्ने बताएका थिए। त्यस्तै दाङ, बाँके, बर्दिया, अर्खाखाँची, प्यूठान लगायतका जिल्लाका संसदहरुले पनि प्रदेश राजधानी सार्ने प्रस्ताव सही रहेको बताएका थिए।

सांसदहरुको मत सुनिसकेपछि प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेका प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफूहरु प्रदेश राजधानीलाई नमूना राजधानी बनाउन लागि परेको भन्दै त्यसमा सबैको सहमति हुनुपर्ने बताएका थिए। उनले आफ्ना कुरा राख्ने अधिकार भए पनि शिष्ट र सालिन ढंगले राख्न आग्रह गर्दै पक्षमा मतदान गर्न सकेत निर्देशन दिए।

नेकपा प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालले केही सांसदहरुले बैठकमा असन्तुष्टि व्यक्त गरे पनि मतदान प्रक्रियामा सहभागी हुने कुरामा एकमतले प्रतिबद्धता जनाएको बताए। उनले राजधानी सार्ने प्रस्ताव दुईतिहाइले मतले परिात हुने बताए।

 प्रदेश सरकारले नाम र राजधानी सार्ने प्स्ताव सर्वसहमतिमा टुंग्याउन आइतबार सार्वदलीय बैठक राखेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा प्रदेशको राजधानी सार्ने प्रस्तावको विपक्षमा उभिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad