समाज


पर्साको जगन्नाथपुर १४ वर्षीया किशोरीको शव भेटियो, पहिचान खुलेन

 पर्साको जगन्नाथपुर  १४ वर्षीया किशोरीको शव भेटियो, पहिचान खुलेन

नेपालखबर
साउन ९, २०७६ बिहिबार १०:११,

 पर्सामा खोलाले बगाएर ल्याएको अवस्थामा एक किशोरीको शव भेटिएको छ।

ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको शव पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा बिहीबार बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ।

उक्त शव सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए।

यसैगरी मंगलबारदेखि आएको अविरल वर्षाका कारण ठोरी गाउँपालिका–३ को रामनगर र बुद्धनगरमा रहेको खानेपानीको पाइप बगाउँदा १५० घरपरिवार प्रभावित भएको ठोरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

चिसापानी भन्ने ठाउँबाट पाइपमार्फत खानेपानी आउने गरेकामा बाढीले सो पाइप बगाएपछि त्यहाँका बासिन्दा आकासेपानी खान बाध्य भएको उक्त कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताए। वर्षाको भेलले ठाउँठाउँमा बाटो भत्काउँदा बुद्धनगरसम्म मात्र सावारी साधन चल्ने भएकाले दर्जनौँ गाउँको ठोरीसँग सम्पर्कविच्छेद भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad