नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिप्रति सेयर लगानीकर्ताहरु निराश देखिएका छन्। आज सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार सेयरबजार १४ दशमलव१५ अंकले घटेको छ। बिहीबार सेयर बजार परिसुचक१२६९ दशमलव ९२ विन्दुमा पुगेको हो।
बिहीबार १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँको मात्रै कारोबार भएको छ।
नेप्से परिसूचकका समूहगत रुपमा हेर्दा सबै समुह घटेको छ। बैंकिङ समूह १२ दहशमलव ५६, व्यपार समूह २ दशमलव ६२, होटल समूह ३२ दशमलव ८४, विकास बैंक समूह १८ दशमलव ७६, जलविद्युत समूह २१ दशमलव ५४, वित्त समूह ३दशमलव ८४, निर्जीवन बीमा समूह ८४ दशमलव ३५, उत्पादनमूलक समूह १५दशमलव ४८, अन्य समूह ५ दशमलव१४, लघुवित्त समूह १९ दशहमलव ६८, जीवन बीमा समूह ५३ दशमलव५४ अंकले घटेको हो।

प्रतिक्रिया