ad ad

समाज


कुवेतको नयाँ अमिरको रुपमा राजकुमार अल–सबाहले लिए सपथ

कुवेतको नयाँ अमिरको रुपमा राजकुमार अल–सबाहले लिए सपथ

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:१,

सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो। कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो। उनी ९१ वर्षका थिए।

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ।

तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ।

स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए। त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .