ad ad

समाज


प्रदेश १ मा कोरोना : बुधबार चार जनाको मृत्यु

प्रदेश १ मा कोरोना : बुधबार चार जनाको मृत्यु

नेपालखबर
असोज १४, २०७७ बुधबार २३:४८,

कोरोना भाइरस संक्रमणका कारण प्रदेश १ मा बुधबार एकै दिन चार जनाको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पताल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा चार पुरुषको मृत्यु भएको हो।

कोशी अस्पताल विराटनगरको कोभिड-१९ उपचार केन्द्रमा सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको केन्द्रका प्रमुख डा.दीपक सिग्देलले जानकारी दिए।

कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई उपचारका लागि बुधबार बिहान ११ बजे अस्पताल पुर्याइएको थियो। उनको बुधबार दिउँसो मृत्यु भएको हो।

बुधबार बिहान कोशी अस्पतालमै मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय सङ्क्रमित पुरुषको पनि मृत्यु भएको थियो। त्यसैगरी बुधबारै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर–२ का ५० वर्षीय सङ्क्रमित पुरुषको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

त्यस्तै बुधबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सप्तरीको राजविराजका एक सङ्क्रमितको पनि मृत्यु भएको छ। यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .