नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९०२ सहित देशभरमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरी ९०२ जना संक्रमित थपिएका हुन्।
पछिल्लो केही समयदेखि सबैभन्दा बढी संक्रमित काठमाडौँमा देखिँदै आएका हुन। बढी संक्रमित थपिने अन्य जिल्लामा मोराङ ९८, रुपन्देही ७०, चितवन ६२, नवलपरासी ४५, सुर्खेत ४१, सुनसरी ३८ र मकवानपुर ३८ रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ।
हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?
प्रतिक्रिया