समाज


मलेसियामा नेपालीलाई बन्धक बनाएर १५ लाख फिरौती लिने व्यक्ति काठमाडौँमा पक्राउ

मलेसियामा नेपालीलाई बन्धक बनाएर १५ लाख फिरौती लिने व्यक्ति काठमाडौँमा पक्राउ

नेपालखबर
असोज १४, २०७७ बुधबार ५:४६,

मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाएर फिरौती लिने व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तेह्रथुमका डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

४४ वर्षीय श्रेष्ठ मलेसियास्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन संचालन गरेर बस्थे। नेपाल आएको अवस्थामा उनलाई मंगलबार काठमाडौंबा सीआईबीले पक्राउ गरेको हो।

श्रेष्ठसहित उनकी श्रीमती भुटान माइतीघर भएकी धनमाया श्रेष्ठ तथा  सवारी चालक मिलेर दाङको पहरुवाका मध्म रैदासलाई मलेसियामा अपहरण गरेको जाहेरी परेको थियो। उनीहरुले ७ दिनसम्म बन्धक बनाएर दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको हिमालयन बैंकको खातामा ६० हजार रिंगिट जम्मा गरिदिनु भन्दै उनकी श्रीमतीलाई धम्की दिएका थिए।

रकम जम्मा नगरिदिए श्रीमानलाई मारिदिनेसमेत धम्की दिएपछि उनकी श्रीमतीले पटक–पटक गरी १५ लाख ९२ हजार रुपैयाँ जम्मा गरेकी थिइन्।

रकम जम्मा गरेपछि उनीहरुले रैदासलाई अपहरणमुक्त गरे पनि उनीहरुले पासपोर्ट कब्जा गरेर नेपाल फर्किन दिएका थिएनन्। पासपोर्ट नहुँदा रैदास नेपाल फर्किन सकेका थिएनन्।

दुर्गाबहादुर हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा बा १४ च २११२ नं. को भक्सवागन कम्पनीको जिपमा चढी बाँसवारीबाट पानीपोखरीतर्फ गइरहेको अबस्थामा कान्तिवाल अस्पतालनजिकैबाट प्रहरीले पक्राउ गरेको हो।

दुर्गाबहादुरले मलेसियामा अन्य नेपालीलाई पनि दुःख दिने गरेको बुझिएको सीआईबी प्रमुख डीआईजी सहशुल थापाले बताए। उनीबारे थप अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .