ad ad

समाज


डब्ल्यूएचओले १३३ देशमा पुर्‍याउने भयो आधा घण्टामै कोरोनाको नतिजा देखाउने प्रविधि

डब्ल्यूएचओले १३३ देशमा पुर्‍याउने भयो आधा घण्टामै कोरोनाको नतिजा देखाउने प्रविधि

नेपालखबर
असोज १३, २०७७ मंगलबार ५:१४,

 विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड १९ पत्ता लगाउने एउटा परीक्षण विश्वका एक सय ३३ देशमा पुर्याउने भएको छ।

यसले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने डब्लुएचओले जनाएको छ।

स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड १९ पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ।

उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउनेछन्।

डब्ल्यूएचओका प्रमुखले यो कोरोनाभाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने दाबी गरे।

परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ।

विज्ञहरूले भारत र मेक्सिकोजस्ता उच्च सङ्क्रमण दर भएका देशमा एकदमै थोरै मात्र परीक्षण हुँदा महामारीको वास्तविक विस्तार थाहा हुन नसकेको बताउँदै आएका छन्।

सोमवार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ।’

औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेको उनले बताए। बिबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .