समाज


बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालखबर
असोज १२, २०७७ सोमबार १४:४,

जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना संक्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

यही असोज ६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा महिलाको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .