समाज


बाटो खन्दाखन्दै डोजरमाथि पहिरो खस्दा च्यापिएर चालकको मृत्यु

बाटो खन्दाखन्दै डोजरमाथि पहिरो खस्दा च्यापिएर चालकको मृत्यु

नेपालखबर
असोज १२, २०७७ सोमबार १४:४९,

प्युठानमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ।

जिल्लाको माण्डवी गाउँपालिका–१ डाम्रिखोला अन्तर्गत मदन भण्डारी लोकमार्गमा सडक निर्माण गरिरहेको डोजर सडक माथिबाट आएको पहिरोले पुरेको हो।

बा२क ६९३९ नम्बरको डोजरमाथि पहिरो खस्दा चालक अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय नरसिंह बुढामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बाटो खन्दै गर्दा माथिबाट पहिरो खसेको देखेर ज्यान जोगाउन हामफलेका चालकलाई पहिरोले पुर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका सई प्रविण आचार्यले नेपालखबरलाई बताए।

प्रहरीले मृतकलाई घटनास्थलबाट निकालेको जनाएको छ। पहिराेबाट डाेजरसमेत बाहिर निकालि सकिएकाे सई आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .