नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ भने आज देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ।
त्यस्तै संस्थागत आइसोलसनमा ८ हजार ६९५ रहेको उनले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १० हजार ८० पीसीआर परीक्षण भएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगको छ।

प्रतिक्रिया