कला


फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

फिल्म ‘लक्ष्मी पूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

नेपालखबर
असोज १२, २०७७ सोमबार १०:४३,

यही दशैँमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।

माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ। गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन्।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ। फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछि।

उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad