ad ad

समाज


नेपालमा एकैदिन १५ सय ७३ कोरोना संक्रमित थपिए, ८८५ निको भए

नेपालमा एकैदिन १५ सय ७३  कोरोना संक्रमित थपिए, ८८५ निको भए

नेपालखबर
असोज ११, २०७७ आइतबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा  थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ  भने आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।

संस्थागत आइसोलेनमा ८ हजार ३२१ रहेका छन्।

पछिल्लाे २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। याेसँगै  निकाे हुनेकाे संख्या ५३ हजार ८ ९८ पुगेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .