ad ad

अटो


सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजनाः गाडी खरिदमा ३ लाख ५० हजारसम्म नगद छुट

सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजनाः गाडी खरिदमा ३ लाख ५० हजारसम्म नगद छुट

नेपालखबर
असोज ११, २०७७ आइतबार १०:४१,

सुजुकी नेपालले ३ लाख ५० हजार नगद छुट सहितको पर्वोत्सव ग्राहक योजना सार्वजनिक गरेको छ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैँ तिहार भरीका लागि आकर्षक ग्राहक योजना सार्वजनिक गरेको हो।

योजना अनुसार ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउने कम्पनीले जनाएको छ।

साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार समेत पाउने छन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ। सुजुकीका विभिन्न मोडेलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्।

सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .