समाज


कोरोनाप्रति लापर्बाही नगरौं, खोप आउँदासम्म २० लाख जनाकाे ज्यान जाने जोखिम छ : डब्लूएचओ

कोरोनाप्रति लापर्बाही नगरौं, खोप आउँदासम्म २० लाख जनाकाे ज्यान जाने जोखिम छ : डब्लूएचओ

नेपालखबर
असोज १०, २०७७ शनिबार २:४९,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप उपलब्ध हुनु अघिसम्म यसको संक्रमणबाट विश्वमा अझै १० लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको मृत्यु भइसकेको छ।

यसलाई रोक्न विश्वका विभिन्न देशमा द्रुत गतिमा खोप विकास भइरहेका छन्, विभिन्न चरणको परीक्षणमा पुगेका छन्। तर अहिलेसम्म प्रमाणित र सर्वमान्य खोप उपलब्ध भइसकेको छैन।

त्यतिञ्जेलमा कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या २० लाख पुग्न सक्ने सम्भावना देखिएको डब्लूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले बताएका हुन्।

उनका अनुसार कोरोना संक्रमण फैलिने क्रम रोकिएको छैन। तसर्थ यसको परीक्षण तथा ट्रेसिङ, क्वारेन्टिन र भौतिक दूरीसहितका उपाय अपनाउनुपर्नेमा जोड दिएका छन्। खोपको आशमा यस्ता नियम पालनामा कुनै कमी नगर्न उनको सुझाव छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad