समाज


कोरोना कहर : अहिलेसम्म विदेशबाट कति नेपाली फर्किए? (सूचीसहित)

कोरोना कहर : अहिलेसम्म विदेशबाट कति नेपाली फर्किए? (सूचीसहित)

नेपालखबर
असोज १०, २०७७ शनिबार २:५७,

काेराेना महामारीले सिर्जना गरेकाे समस्याका कारण अहिलेसम्म विदेशबाट झन्डै ७७ हजार नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट गरी ७६ हजार ९ सय ६७  नागरिक आफ्नो मुलुक फर्केका हुन्।

तीमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन्। उनीहरु धेरैजसाे रोजगारीका विदेश गएका व्यक्ति हुन्।

केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबियाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अस्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९३६ नेपाली स्वदेश फर्किएका छन्।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६,  प्रदेश नं २ का ११ हजार ९०९,  वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३,  प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ।

फर्कनेमध्ये ८ हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad