समाज


पाल्पा पहिरोमा हराएका सबैको शव फेला

पाल्पा पहिरोमा हराएका सबैको शव फेला

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १६:४,

पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका सबैको शव फेला परेको छ। पहिरोमा परी ५ जनाको मृत्यु भएको हो।

पहिरोमा बेपत्ता भएका ६० वर्षीया हुमबहादुर गाहा र ५० वर्षीया धनिसरा गाहाको पनि शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए।

यसअघि १६ वर्षीया कृष्णमाया गाहा, ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव फेला परेको थियो।

पहिरोमा पुरिएको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad