एभरेष्ट बैंक लिमिटेडले ठमेलमा रहेको होटल अलोफ्टसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ। होटल अलोफ्ट एक पाँच तारे होटल हो, जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ।
यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज, बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन्। हालको महामारीको स्थितिका कारण यो अफर टेक-अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ।
यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन्। एभरेष्ट बैंकले सधैँ ‘सर्भिस विथ स्माइल’को भावना बोकी आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्। एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो।
हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १२३ स्थानमा एटीएम रहेका छन्। आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया