समाज


कोरोनाको महामारीबीच पनि दैनिक सयभन्दा बढी पर्यटक पुग्छन् घोडाघोडी ताल

कोरोनाको महामारीबीच पनि दैनिक सयभन्दा बढी पर्यटक पुग्छन् घोडाघोडी ताल

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ९:५७,

विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको छ।

घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन्। कोरोना कहरकाबीच पनि अहिले दैनिक रूपमा १ सय बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरी रहेका छन्।

विश्व रामसार सूचिमा सूचीकृत नेपालको तालमध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो। पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने बिरलै हुन्छन्। नाम मात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ।

 करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सीमसार क्षेत्र भएको छ। घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुईसय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ। यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ।

ताल क्षेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ। घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागी ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताए।

घोडाघोडी घुमघाम गर्नको लागि पर्यटकहरूलाई कुनै असुविधा हुँदैन। घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन्। गाउँको परिवेशमा होमस्टेमा बस्न चाहाने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ। घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्वद्धनका लागि घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ। यो क्षेत्रमा बढी भन्दा बढी पर्यटकहरू भित्राउन नगरपालिकाले गुरुयोजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले बताए।

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन्। त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल बनेको रहेछ घोडाघोडी ताल । ताल र सीमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जंगली धानसमेत पाइन्छ। घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घस्रिने जन्तुहरू, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन््।

सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad