कारोबार


रासायनिक मलको हाहाकार, स्वदेशमै उत्पादित प्राङगारिक मलले बजार पाएन

रासायनिक मलको हाहाकार, स्वदेशमै उत्पादित प्राङगारिक मलले बजार पाएन

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ९:५२,

झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङगारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ।

पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो।

‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ। देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ।

तर स्वदेशमा नै उत्पादन भएको प्राङगारिक मलले बजार पाउन सकेको छैन। बजार अभाव हुँदा नत उत्पादित मल बिक्री भएको छ न बायोग्यास नै बिक्री गर्न सकिएको कम्पनीले जनाएको छ। उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ।

कम्पनीले विभिन्न क्षेत्रबाट फोहोर संकलन गरिरहेको भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गिकरण गरि नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ। दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ।

अर्ग्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन्। कास्कीमा अहिले ३ वटा प्राङगाारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन्। गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङगारिक गाउँ बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad