ad ad

समाज


कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

प्रकाश न्यौपाने
असोज ८, २०७७ बिहिबार १३:१४,

कपिलवस्तुकी एक कोरोना भाइरस संक्रमित महिलाको बुटलमा उपचारका क्रममा मृत्यु भएको छ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल धागो कारखानामा उपचाररत कपिलवस्तु–११, बनगाईकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए। ती महिलाको आज साँझ ५ बजे मृत्यु भएको हो।

थापाका अनुसार ती महिलाको रगतमा खराबी, दम तथा मिर्गौलाको समस्या थियो। असोज ३ गते कोरोना पुष्टि भएपछि उनलाई कोरोना विशेष आस्पतालमा भर्ना गरिएको थियो।

उपचाररत क्रममा ती महिलाको आज एक्कासी स्वास्थ्य जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो। र उपचारकै क्रममा उनको मृत्यु भयो।

आज बिहान पनि अस्पतालमा दुई पुरुषको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .