समाज


रुसको कोरोनाविरुद्धको खोप आगामी केही हप्ताबाट भारतमा परीक्षण हुँदै

रुसको कोरोनाविरुद्धको खोप आगामी केही हप्ताबाट भारतमा परीक्षण हुँदै

नेपालखबर
असोज ६, २०७७ मंगलबार १०:५१,

हैदरावादस्थित औषधि निर्माता कम्पनी डाक्टर रेड्डीज ल्याबोरेटरीले रुसको खोपलाई भारतमा परीक्षण गर्न नेतृत्व गर्नेछ।

रेड्डीज ल्याबोरेटरीका एक अधिकारी दिपक सप्राका अनुसार हजारदेखि २ हजार भारतीयमा रुसको खोप परीक्षण हुनेछ।

यो परीक्षण भारतका विभिन्न राज्यमा हुनेछ। रुसमा गत अगष्ट ११ मा नै त्यहाँको सरकारले यस खोप प्रयोगका लागि अनुमति दिएको थियो।

Expect to launch 25 products in US this fiscal: Dr Reddy's Laboratories

तर विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले रुसले तेस्रो तथा मुख्य परीक्षण नगरेको भन्दै आलोचना गरेका थिए।

हाल रुसका खोप विभिन्न देशमा परीक्षण भइरहेका छन्। यसबीचमा भारतमा पनि स्पुतनिक भ्याक्सिन मानिसमा परीक्षण हुन लागेको हो।

भारतीय संचार माध्यमका अनुसार रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआइएफले भारतको रेड्डीज कम्पनीलाई दश करोड डोज खोप उपलब्ध गराउनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad