ad ad

कारोबार


सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको २४१औँ शाखा

सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको २४१औँ शाखा

नेपालखबर
असोज ४, २०७७ आइतबार ९:५,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय वीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१औँ शाखा कार्यालयको आइतबार उद्घाटन गरेका हुन्।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रा.वा. बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए।

उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे।

बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागतमन्तव्य व्यक्त गरेका थिए।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .