ad ad

समाज


भर्चुअल माध्यमबाट हुँदै विश्व साइकल सम्मेलन, यस्ता छन् कार्यक्रम

भर्चुअल माध्यमबाट हुँदै विश्व साइकल सम्मेलन, यस्ता छन् कार्यक्रम

नेपालखबर
असोज ३, २०७७ शनिबार ७:१,

विश्व साइकल फोरमको सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ। कोरोनाको महामारीका कारण नेपालमा हुने भनेको सम्मेलन भर्चुअल मध्यमबाट हुन लागेको हो।

सन् २०१८ मा विश्व साइकल फोरमको ९ औं सम्मेलन नेपालमा हुने तय भएको थियो। विश्व भरका साइकलयात्री नेपाल उपस्थित भएर सम्मेलन गर्ने कार्यक्रम भए पनि कोरोनाको कारण हुन सकेन।

चार दिनसम्म चल्ने कार्यक्रमको शनिबार उद्घाटन कार्यक्रम रहेको छ। नेपालको समयअनुसार साँझ ६ः४५ कार्यक्रम सुरु हुने बताइएको छ।

समूहगत छलफलसहित ३७ वटा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ। जसमा नेपालका सहरलाई कसरी साइकल सिटी बनाउँन सकिन्छ। पर्यटक आकर्षण गर्न साइकल संस्कृतिले कस्तो प्रभाव पार्छ भन्ने विषयमा छलफल हुनेछ।

विश्व साइकल फोरममा नेपालले २०१८ मा सहभागी जनाएको थियो। नेपालको साइकल अभियान्ताको तर्फबाट साहिल श्रेष्ठले सहभागी जनाएका थिए। २०१८ को फोरम सम्मेलनले २०२० नेपालमा हुने सम्मेलनका लागि नेपाललाई भोटिङमार्फत चयन गरेको थियो।

आजबाट हुने सम्मेलनमा पश्चिमा देशले साइकल संस्कृतिको कसरी विकास गरे, भारत, बंगलादेश, थाइल्यान्डमा साइकल अभियान कसरी अघि बढेको छ भन्ने छलफल हुने छ।

नेपालको काठमाडौं उपत्यका, चितवन, बुटवल र कर्णालीमा कसरी साइकल अभियान अघि बढेको छ भन्ने छलफल हुने छ। नेपालका नगरपालिकाले कसरी साइकल सहरलाई कसरी अघि बढाउँदै छन् भन्ने मेयरहरुसँग छलफल पनि हुने साहिल श्रेष्ठले जानकारी दिए।

साइकल अभियान्ता पुस्कर शाह, साइकल समाजका अध्यक्ष रत्न श्रेष्ठलगायत साइकल अभियान्ताले कार्यक्रम सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .