समाज


रुसले बनायो कोरोनाविरुद्ध अर्काे एन्टिभाइरल औषधि, अर्काे हप्तादेखि बजारमा आउने

रुसले बनायो कोरोनाविरुद्ध अर्काे एन्टिभाइरल औषधि, अर्काे हप्तादेखि बजारमा आउने

नेपालखबर
असोज ३, २०७७ शनिबार २:३३,

रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरल औषधि बनाएको छ।

हल्का लक्षणवाला संक्रमितका लागि बनाइएको औषधिको नाम हो– कोरोनाभिर।

कोरोनाका बिरामीमा यो औषधि प्रयोगका लागि त्यहाँको औषधि नियामक निकायले अनुमति दिएको बीबीसीले जनाएको छ।

आर–फार्म कम्पनीले बनाएको उक्त औषधि आगामी हप्ता रुसका बजारमा उपलब्ध हुने जानकारी शुक्रबार कम्पनीले दिएको छ।

यसअघि मेमा रुसमा एक अर्काे औषधि एभिफाभिर नामको औषधिलाई कोरोना संक्रमितमा प्रयोगका लागि अनुमति दिइएको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी दुवै औषधि जापामा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित छन्।

फेभिपिरभिर एक एन्टिभाइरल औषधि हो, जुन जापानमा फ्लु र भाइरस संक्रमणको उपचारमा प्रयोग गरिन्छ।

आर–फार्मा कम्पनीका अनुसार १६८ जनामा तेस्रो चरणको क्लिनिकल परीक्षणपछि कोरोनाभिर औषधिले अनुमति पाएको हो।

रुस सरकारको एक रिपोर्टअनुसार यसअघि कोरोनाभिर गत जुलाईमा अस्पतालमा भर्ना भएका बिरामीमा प्रयोगका लागि अनुमति प्राप्त भएको थियो।

 

जानकारका अनुसार रुस कोरोनाविरुद्धका खोप एवं औषधि विकासको दौडमा विश्वकै पहिलो हुन चाहन्छ। यसअघि रुसले कोरोनाविरुद्ध स्पुतनिक–५ बनाइसकेको छ।

जुन खोपलाई अन्य देशमा पनि प्रयोगका लागि अनुमति दिलाउने प्रयास उसले गरिरेहको छ।

रुसमा बनेको खोप भारतमा ल्याउने तयारी पनि भइरहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad