नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचनको मिति तोकिएको छ।
चैत २८ र २९ गते हुनपर्ने महासंघको निर्वाचन कोरोना संक्रममण र त्यसपछि भएको लकडाउनको कारण रोकिएको थियो।
महासंघको शुक्रबार साँझ बसको पदाधिकारी बैठकले निर्वाचन मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको हो।
पदाधिकारी बैंठकले कोभिड-१९ बाट बच्ने सुरक्षा उपाय अपनाएर काठमाडौंमा निर्वाचन गर्ने निर्णय गरेको छ।
काठमाडौंमा निर्वाचन सम्भव नभएमा प्रदेश अनुसार महासंघको निर्वाचन हुने छ। जसमा जिल्ला नगर तर्फका भोट प्रदेशको राजधानीमा दिने व्यवस्था मिलाइने छ।
एशोसियट र वस्तुगत तर्फ काठमाडौंमा भोट दिने व्यवस्था मिलाइने छ। महासंघले निर्वाचन मोडालिटी तयार गर्न कार्य कार्यदल समेत बनाएको थियो।
उक्त कार्यददले बनाएको प्रतिवेदन अनुसार नै पदाधिकारी बैंठकले निर्वाचन गर्ने निर्णय गरेको छ।
पदाधिकारीको निर्णय अब कार्यसमिति बैठकमा लाने महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन।

प्रतिक्रिया