पहिरोका कारण मुग्लिन-नारायणगढ सडक दिनहुँ अवरुद्ध हुन थालेको छ।
ठाउँ-ठाउँमा पहिरो खसेपछि आज पनि सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने चौधकिलो, सत्रकिलो, घुमाउने, चोरखोला लगायतका स्थानमा पहिरो खसेपछि बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो।
विगत चार दिनदेखि मुग्लिन-नारायणगढ सडकखण्डमा लगातार पहिरो खस्दै आएको छ। जसको कारण यात्रुले सास्ती बेहोर्दै आएका छन्।
दिनहुँ पहिरो पन्छाएर सडक सुचारु गर्ने गरिएको छ। आज पनि पहिरो पन्छाएर यातायात सञ्चालन गर्न कम्तिमा पनि अरु तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया