सरकारले कोरोना संक्रमितको आशंकामा देशभर निर्माण गरेको क्वारेन्टिनमा बसेका १५ जनाले आत्महत्या गरेका छन्।
खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ।
क्वारेन्टिनमा बसेका व्यक्तिले बस्ने ठाउँको अवस्था तथा कोरोना संक्रमण देखिए मरिने डरले पनि आत्महत्या गरेको विज्ञले बताएका छन्।
क्वारेन्टिनमा बसेका महिलाले भन्दा बढी पुरुषले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ।
आत्महत्या गर्नाका कारण भने अहिलेसम्म नखुलेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले बताए। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।
क्वारेन्टिनमा बसेकामध्ये पाल्पा, बझाङ, रोल्पा, दैलेख, अर्घाखाँची, सुर्खेत, बाजुरा, महोत्तरी, सर्लाही, बुटवल, बैतडी, गोरखा, बागलुङ, झापा र महोत्तरीमा एक–एक गरी जम्मा १५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ।
भदौसम्मको तथ्यांकमा क्वारेन्टिनमा आत्महत्या गर्नेमा एक महिला र बाँकी पुरुष रहेको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया