रुपन्देही जिल्लाको देवदह नगरपालिका ३ स्थित हात्ती डाँडामा निर्माणधिन सिंचाईको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
पश्चिम नवलपरासी जिल्लाको सुनौल नगरपालिका ७ बस्ने करीब १५ वर्षीय करण रानाको शव सशस्त्र प्रहरी टोलीले फेला पारेको हो। उनी आजै दिउँसो उक्त ड्याममा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोली उनको खोजीकार्यमा जुटेको थियो। एपीएफ टोलीले उनको शव डुबेकाे ठाउँ नजिकै फेला पारेको हो।

प्रतिक्रिया