ad ad

समाज


कोरोनाविरुद्धको चिनियाँ खोप दुईदेखि तीन महिनासम्ममा उपलब्ध हुनसक्ने

कोरोनाविरुद्धको चिनियाँ खोप दुईदेखि तीन महिनासम्ममा उपलब्ध हुनसक्ने

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ६:११,

सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुका अनुसार आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुनसक्छ।

गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन्।

यद्यपी उनले आफूमा कुन खोप प्रयोग गरिएको छ भनेर नखुलाएको रोयटर्सले जनाएको छ।

रोयटर्सका अनुसार हाल चीनका चारवटा खोप हाल अन्तिम चरणमा प्रवेश गरसकेका छन्।

यीमध्ये तीनवटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ।

सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा भ्याक्सिन विकास गरिरहेका छन्।

अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको छ। जसलाई गत जुनमै चिनियाँ सेनामा प्रयोग गर्न अनुमति दिइएको थियो।

सिनोफार्मले यसअघि नै यसैवर्षको अन्तिममा आफ्नो खोप सर्वसाधारणको लागि उपलब्ध हुने बताएको थियो।

हाल विश्वभर कोरोनाविरुद्धको खोप बनाउने प्रतिस्पर्धा चलेको छ। अमेरिका, चीन, रुस, बेलायतजस्ता देशमा बनेका खोपहरु हाल अन्तिम चरणको परीक्षणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .