ad ad

समाज


वागमती विपद् समितिद्वारा सिन्धुपाल्चोकका पहिरोग्रस्त नगर तथा गाउँपालिकालाई सहयोग घोषणा

वागमती विपद् समितिद्वारा सिन्धुपाल्चोकका पहिरोग्रस्त नगर तथा गाउँपालिकालाई सहयोग घोषणा

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:५८,

वागमती प्रदेश अन्तर्गतको प्रदेश विपद व्यवस्थापन निर्देशक समितीको आज सोमबार बसेको बैठककले बाढी पहिरोले क्षति पुर्‍याएका स्थानीय तहमा तत्काल आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

सो निर्णयअनुसार समितिले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र दुप्चेश्वर गाउँपालिकालाइ ३० लाख रुपैयाँका दरले प्रदान गरिने वागमति प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिए।

त्यसैगरी, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरिएको छ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ७ का विभिन्न स्थानमा आइतबार राति गएको पहिरोमा कयौको ज्यान गएको छ।

सो पहिरोमा परी ज्यान गुमाउने ११ जनाको शव भेटिएको छ भने २० जना अझै बेपत्ता छन्। उनीहरुको खोजिका लागि ठूलो संख्यामा नेपाली सैनिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .