ad ad

अटो


एमएडब्लुले नेपालमा सार्वजनिक गर्‍यो फोटोन टुनल्यान्ड ई र भ्यु सीएस २एल

एमएडब्लुले नेपालमा सार्वजनिक गर्‍यो फोटोन टुनल्यान्ड ई र भ्यु सीएस २एल

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:५८,

नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले नेपाली बजारका लागि आफ्नो दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यु सीएस२एल सार्वजनिक गरेको छ।

‘पावरफुल, स्टाइलिस एन्ड बिगर पिकअप’, टुनल्यान्ड ई
फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६००देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ।

टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लसकै सबैभन्दा ठूलो हो। साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ। यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ।

View_CS2L_4.jpg

फोटोनमा सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखिन्छ। त्यसैले यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर छन्। साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर आदि छन्। नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

‘टुनल्यान्ड ईमा विश्वप्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी र ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन देख्न सकिन्छ,’ फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, ‘हामीलाई विश्वास छ यसले फैलँदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ।’

नेपालको पहिलो १९ सिटर भ्यान, भ्यु सीएस२एल
टुनल्यान्ड ईसँगै एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ। यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स् इन्जिनले ३६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी हो।

View_CS2L_1.jpg

भ्यु सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु छन्। नयाँ भ्यु सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ। नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ।

‘हाम्रो नयाँ भ्यानको मूल्य प्रतिस्पर्धी १६ सिट क्षमताको भ्यानको भन्दा कम भए पनि यसले दुई गुणासम्म बढी आम्दानी दिन्छ,’ फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, ‘नेपाली बजारका लागि हामीसँग टुनल्यान्ड एस र भ्यु सीएस२ मात्र थिए। नयाँ पिक र भ्यानले कमिर्शियल भेहिकलको मागलाई सम्बोधन गर्ने अपेक्षा गरेका छौं। हामीलाई विश्वास छ विश्वासनीय र सस्तो भ्यु सीएस२एलले हालको १६ सिट क्षमताको बजारलाई १९ सिट क्षमताको भ्यानमा परिणत गर्नेछ।’

विश्वकै सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको ब्रान्ड
सन् १९९६ मा स्थापना भएयता ९६ लाख थान गाडी विक्री गरिसकेको फोटोनको ब्रान्ड भ्यालु अहिले २३.४ अर्ब डलर रहेको छ। फोटोन मोटरमा बीआईएसी र डेमलरको ५०–५० प्रतिशत साझेदारी रहेको छ। साथै, संसारको नं १ ट्रान्समिसन सिस्टम निर्माता जर्मन कम्पनी जेडएफ र संसारको नं १ इन्जिन निर्माता अमेरिकी कम्पनी कमिन्ससँग पनि फोटोनको साझेदारी छ।

View_CS2L_3.jpg

विश्वका विभिन्न २७ स्थानमा रहेका नकडाउन फ्याक्ट्रीबाट उत्पादित फोटोनका सवारीसाधन एक सय १० मुलुकमा उपलब्ध छन्। विश्वको कमर्शियल भेहिकल बजारमा १७ प्रतिशत बजार हिस्सा रहेको फोटोनले पिकअप र भ्यानबाहेक हेभी ड्युटी ट्रक र इलेक्ट्रिक बस भित्र्याएर नेपाली बजारमा आक्रामक रुपमा प्रस्तुत हुने लक्ष्य एमएडब्लु वृद्धिले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .