भारतका प्रख्यात अभिनेता अमिताभ बच्चनले नेपालमा एसिड (तेजाब) आक्रमणमा परेकाहरुको सहयोगमा चलाएको अभियानबाट प्राप्त सफलताका लागि उज्जवलबिक्रम थापालाई बधाई दिएका छन्।
बच्चनले एसिड आक्रमणका पीडितका पक्षमा थापाले निरन्तर गरेको कडा मेहनतले राम्रो नतिजा हासिल भएको बताएका छन्।
थापाको कामले शेरवुड कलेज मात्र नभई समग्र नेपाललाई नै गौरवान्वित बनाएको उनले बताएका छन्।
‘धेरै धेरै बधाई...यो राम्रो काम जारी राख्नु,’ बच्चनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
थापाले उत्तराखण्डको सो शेरवुड कलेजमा पढेका थिए।
एसिड आक्रमणमा परेका पीडितहरुको उपचार लगायतका काममा थापाले केहि वर्षदेखि निरन्तर सहयोग गर्दैै आएका छन्।
यस्ता आक्रमणमा संलग्न दोषिलाई कारवाही र पीडितलाई आर्थिक, कानुनी, शैक्षिक, सामाजिक लगायत सहयोग सुनिश्चित गर्न उनले अभियान गर्दै आएका थिए।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित र सो अभियानमा लागेका थापा लगायतका व्यक्तिहरुलाई आफ्नो निवासमा भेटि पीडितलाई कानुनी अधिकार र पीडकलाई कारवाही सुनिश्चित गर्नका लागि कानुन संशोधन लगायतका कदम चाल्ने आश्वासन दिएका थिए।
— Amitabh Bachchan (@SrBachchan) September 14, 2020T 3659 - - Ujjwal Thapa !! well done ex - Sherwoodian .. your hard work on the issue of acid victims, has paid off .. you have not just made Sherwood College proud, but also your country Nepal ..
Many congratulations .. keep up the good work ..❤️🙏🙏🙏

प्रतिक्रिया