नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा ५१२ सहित देशभरका थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार पनि सबैभन्दा बढी काठमाठौँमा ४४० जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै धेरै संक्रमित हुने अरु जिल्लामा रुपन्देही ८१, कैलाली ७०, कास्की ५४, सुनसरी ४६, दाङ ४५ र भक्तपुर ४३ रहेका छन्।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ।
हेरौँ कहाँ कति संक्रमित भए?




प्रतिक्रिया