समाज


कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

नेपालखबर
भदौ २९, २०७७ सोमबार १०:५०,

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा मन्त्रालययले सोमबार अपरानह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्य हुने थप १५ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको हो।

मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँका एक महिलासहित ६ जना, ललितपुर र भक्तपुरका एक÷एक जना रहेका छन्।

त्यस्तै मोरङका २ जना, रामेछाप, गोरखा, नवलपरासी, कपिलवस्तु र पर्साका एक एक जना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad