हाल कोरोना भाइरस चीनमा नियन्त्रणमा रहेको बताउँदै सीडीसीका प्रमुख गाओ फुले चीनमा समूहमा खोप लगाउनु आवश्यक नभएको बताए।
उनले चीनमा सबैलाई कोरोनाविरुद्धको खोप आवश्यक नभएकाले आवश्यक हुनेलाई मात्र यस खोप लगाउनुपर्ने धारणा राखे।
आवश्यक हुनेलाई मात्र खोप लगाइँदा धेरै खोपहरु खेर जानबाट बच्ने उनको धारणा छ।
गाओले कोरोना भाइरसको खोप चीनमा पहिले स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा भीडमा काम गर्ने व्यक्तिहरुमा लगाइनु पर्ने पनि बताएका छन्। एससीएमपी

प्रतिक्रिया