समाज


बाल सुधार गृहलाई एकलाख बराबरको सामग्री सहयोग

बाल सुधार गृहलाई एकलाख बराबरको सामग्री सहयोग

प्रकाश न्यौपाने
भदौ २९, २०७७ सोमबार १०:१,

रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहलाई एडभोकेसी फोरम नेपाल प्रदेश ५ र नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरले एक लाख रुपैयाँ बराराबरको विभिन्न सामाग्री सहयोग गरेका छन्।

राष्ट्रिय बाल दिवसको अवसर पारेर सोबार दुई संस्थाले सुधार गृहमा रहेका ७३ जना बालबालिकालाई तातोचिसो खानेपानीका लागि दुईवटा कम्प्रेसर मेसिन, प्रत्येक बालबालिकालाई एकएक थान झोला, मास्क, सेनिटाइजर, सावुन, पानी पिउने बोत्तल, टाबेल सहयोग गरेको दुवै संस्थाका अध्यक्षसमेत रहेका अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए। यस्तै, बालबालिकालाई क्यारेम्बोड, लुडो, चेस लगायतका खेलकुद सामाग्री सहयोग गरिएको छ।

दिवसको अवसरमा सुधार गृहमा रहेका बालबालिकाबीच गरिएको बाल सुधार गृह र बालबालिका विषयक् कविता लेखन तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय भएकालाई पुरस्कार समेत वितरण गरिएको बाल कल्याणका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले बताए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बालबालिकालाई अत्यावश्यक सामग्री सहयोग गरेर दुई संस्थाले सहारनीय काम गरेको जनाए। अधिकारीले सुधार गृहमा रहेका बालबालिकाले अत्यन्तै कष्टकर जीवनयापन गरिरहेको जनाउँदै निरन्तर सहयोग गरी उनीहरुको अधिकार संरक्षणमा लाग्नु पर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष गौडेलले भने, ‘मनोरञ्जनात्मक क्रियाकलापसमेत गर्न नपाउँदा बालबालिका विक्षिप्त भइरहेका छन्, त्यसैले तत्काल आवश्यक थोरै भए पनि सामाग्री हामीले सहयोग गरेका हौं।’
सुधार गृह प्रमुख सुभद्रा गौतमले दैनिक प्रयोगमा आउने सामाग्रीको अभाव भइरहेका बेला एडभोकेसी र बाल कल्याणले गरेको सहयोगबाट बालबालिकालाई थप सहजता भएको जनाइन्।

यो पनिः बाल दिवस मनाइरहँदा कस्तो छ सुधार गृहका बालबालिकाको अवस्था?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad