समाज


डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पनि पक्राउ

डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पनि पक्राउ

नेपालखबर
भदौ २८, २०७७ आइतबार १३:३७,

आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट ज्यान गएको थियो।

घरघनी प्रेमकृष्ण महर्जनसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा महर्जनले शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए।

आग्लो प्रहारबाट घाइते भएका महतोलाई उपचारको लागि किर्तिपुर अस्पताल लगिएकोमा शुक्रबार दिउँसो ज्यान गएको थियो। प्रेमकृष्ण महर्जनलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।

उनका दुई छोराहरु परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि पक्राउ गरिएको एसपी राठौरले बताए। घटनामा उनीहरुको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।

काठमाडौंमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad