समाज


कोभिड कोषले प्रहरी अस्पताललाई ८ करोड, ६४९ स्थानीय तहमा अस्पताल बनाउन ६५ करोड दिने (सूची)

कोभिड कोषले प्रहरी अस्पताललाई ८ करोड, ६४९ स्थानीय तहमा अस्पताल बनाउन ६५ करोड दिने (सूची)

नेपालखबर
भदौ २८, २०७७ आइतबार ९:४४,

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले विभिन्न अस्पताललाई कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य उपकरणका लागि रकम दिने निर्णय गरेको छ।

यही भदौ २१ गते बसेको बैठकले जाजरकोटको चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिद तथा ल्याब व्यवस्थापनको लागि ५०÷५० लाख, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीलाई १ करोड, त्रिवि शिक्षण अस्पताललाई ५ करोड ७५ लाख, धुलिखेल अस्पताललाई २ करोड ८५ लाख, नेपाल प्रहरी अस्पताललाई ८ करोड ४० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाले उक्त निर्णय सार्वजनिक गरेको हो। निर्णयअनुसार भरतपुर अस्पतालले २ करोड ३३ लाख ६७ हजार, कान्ति बाल अस्पतालले १ करोड ५५ लाख ७९ हजार, राष्ट्रिय ट्रमा सेन्टरले १ करोड ३५ लाख ५ हजार, भेरी अस्पतालले १ करोड ६८ लाख ११ हजार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५७ लाख ४२ हजार रुपैयाँ अनुदानस्वरुप पाउने भएका छन्।

त्यस्तै हालसम्म पनि अस्पताल स्थापना नभएका स्थानीय तहहरुमा कम्तीमा ५ बेडको अस्पताल सञ्चालन गर्न ६४९ स्थानीय तहलाई प्रतिस्थानीय तह १० लाख रुपैयाँ दिने निर्णय भएको शाखाले जनाएको छ। स्थानीय तहलाई कोषबाट निकासा भएको उक्त रकमको प्रचलित कानुन तथा स्वीकृत मापदण्डबमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने दायित्व सम्बन्धित स्थानीय तहको नै रहने उल्लेख गरिएको छ।

पाएको रकमबाट नेपाल प्रहरी अस्पतालले भेन्टिलेटरसहितको २० वटा आईसीयू बेड स्थापना गर्नेछ भने धुलिखेल अस्पतालले ५ वटा भेन्टिलेटरसहितको १४ आईसीयू बेड तथा शिक्षण अस्पतालले १० वटा भेन्टिलेटरसहितको १४ वटा आईसीयू बेड स्थापना गर्नेछ।

कुन स्थानीय तहले पाउनेछन् रकम? (सूची) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad